Call Us

015338401 / 9801344835

Email Us

nepalairhostessacademy@gmail.com

एयर होस्टेज : थोरै खर्चमा छिटो जागिर

कक्षा १२ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन् ? पढेपछि के बन्ने ? के कस्ता अवसर छन् ? विषय कसरी छनोट गर्ने ? नेपालमा के कस्ता विषयको पढाइ हुन्छ ? विश्व बजारमा प्रतिस्पर्धा गर्न कुन विषय उपयुक्त हुन्छ ? कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्त्व, सम्भावना, छनोट आदिका विषयमा सहयोग गर्न  ‘प्लस टुपछिको गन्तव्य’ के हाे त  ?

के हो एयर होस्टेज ?

एयर होस्टेज काेर्समा विमान परिचारिका (Air Hostess) बन्न आवश्यक पर्ने ज्ञान सिकाइन्छ । याे काेर्समा यात्रुको सत्कार गर्नेदेखि आपतकालीन अवस्थामा के गर्ने भनेर सूचना प्रवाह गर्ने तरिकासमेत सिकाइन्छ ।

यो कस्तो कोर्स हो ?

सम्बन्धित निकायमा दर्ता भएका एयर हाेस्टेज ट्रेनिङ सेन्टरले यो कोर्स सञ्चालन गरेका छन् । यो कोर्स केटाकेटी दुवैले पढ्न पाउँछन् । याे काेर्स पढ्ने केटीलाई एयर होस्टेज भनिन्छ भने केटालाई फ्लाइट स्टेवर्ड भनिन्छ । तालिम तीनदेखि चार महिनाको हुन्छ ।

कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?

११ र १२ मा जुनसुकै विषय पढेकाले
उचाइ केटीको ५ फिट २ इन्च र केटाको ५ फिट ६ इन्च हुनुपर्छ
१८ देखि २८ वर्ष , अन्तर्राष्ट्रिय उडानका लागि पौडी खेल्न जानेको ,मेडिकल अप्रेसन नगरेको ,नियमित औषधि खानेले पाउँदैन ,देखिने ठाउँमा ट्याटो नहानेको,अंग्रेजी भाषामा दक्खल भएकाे

पढ्नुपर्ने विषय

यात्रु सुरक्षा
यात्रु सत्कार
फायर फाइटिङ
फुड सर्भिस
ड्रेस र मेकअप
बीएचसीएम : सेवा पनि करियर पनि

कुन–कुन क्षेत्रमा काम गर्ने अवसर मिल्छ ?
विमान कम्पनी (सरकारी/निजी)
एयरपोर्ट
एयरपोर्ट लन्च
ग्राउन्ड होस्टेज
के काम गर्ने ?
यात्रुको सत्कार गर्ने
यात्रुलाई सुरक्षा जानकारी दिने
यात्रुको रेखदेख गर्ने
मौसम जानकारी दिने
स्वास्थ्य उपचार
कार्ड चेक गर्ने
ब्रेक फास्ट, लन्च, डिनर सर्भे आदि

कति खर्च लाग्छ ?
यो कोर्सकाे समयावधि तीन–चार महिनाको हुन्छ । याे काेर्सका लागि कम्तीमा ३० देखि ३५ हजार खर्च हुन्छ । तालिम दिने संस्थाअनुसार खर्च तलमाथि हुन सक्छ ।

इन्टर्नसिप

एयर होस्टेज काेर्समा सैद्धान्तिक एवं प्रयोगात्मक कक्षा सञ्चालन गरिन्छ । इन्स्टिच्युटमै नमुना जहाज बनाइएको हुन्छ । त्यसैमा सबै कुरा सिकाइन्छ ।

Successors working with